शिक्षा मन्त्रालयलाई अख्तियारको चिठी

346
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक(ओएनएस): नीजि विद्यालयहरुले आफुखुसी अस्वभाविक दररेटमा भर्ना तथा बार्षिक शुल्क लिइरहदा पनि सम्वन्धित निकाय मौन रहेको भन्दै शिक्षा मन्त्रालयलाई चिठी पठाएको छ ।

अख्तियारले चिठीमा मन्त्रालयलाई नेपालका सबै तहका निजि विद्यालयहरुमा शिक्षा विभागबाट शुल्क निर्धारण एवं अद्यावधिक गरी उक्त मापदण्डको अधिनमा रहेर सर्वसाधारण तथा बिद्यार्थीहरुले देख्ने गरी सम्वन्धित विद्यालयहरुको परिषर भित्र भर्नो शुल्क, मासिक शुल्क तथा अन्य शुल्कको सम्बन्धमा बुंदागतरूपमा स्पष्ट उल्लेख सार्वजनिक सूचना बोर्ड राख्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

यी शिक्षा ऐन, २०२८ को दफा १६ घ को उपदफा (५), (६), (७) तथा तत् सम्वन्धी शिक्षा नियमावली, २०५९ को नियम १५० (क) अनुसारको सो मपदण्डको प्रभावकारी कार्यान्वयन र अनुगमन शिक्षा मन्त्रालयबाट गर्ने व्यवस्था गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ क बमोजिम शिक्षा मन्त्रालयका सचिवलाइ चिठी पठाएको हो ।


  •  
  •  
  •