‘तपाईलाई न्याय दिलाउँछु’

286
  •  
  •  
  •  

10857994_727270584036360_6609690396785028861_nप्रिय पूजा

तपाईले २०७१ पुष १ गते कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ। तपाईमाथि भएको चरम अमानविय र क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ। यस अपराधसँग जोडेर तपाईले उठाउनु भएको अदालती न्यायको निष्पक्षता माथिको प्रश्न मुलुकको न्याय र कानुनमन्त्रीको रुपमा मेरा निम्ति चिन्ता र चुनौतीको विषय बनेको छ।

बैतडी जिल्ला अदालतले बलात्कारका दोषी ठहर गरेर कैद र जरिवाना गरिसकेका ब्यक्तिहरुलाई पुनरावेदन अदालत बैतडीले केका आधारमा निर्दोष सावित गरेर छाडिदियो भन्ने कुराको यथार्य छानबिन गर्न मैले न्यायपरिषदका सम्माननीय प्रधानन्यायाधिशसमक्ष औपचारिक पत्र लेखेको छु।

मंगलबार बसेको न्यान्य परिषदको बैठकमा यस विषयमा गंभीरताका साथ छलफल भएको छ। मैले महान्यायाधिबक्ता कार्यालयमा पनि सम्पर्क राखेर तपाइको मुद्धाको वर्तमान अवस्थाबारे जानकारी लिएँ। मलाई जानकारी दिए अनुसार तपाईका तर्फबाट नेपाल सरकारले यही २०७१ मंपिसर २१ मा सर्वोचच अदालतमा सुरु अभियोगमा गरिएको माग दावी बमोजिम आरोपीलाई सजाय हुनुपर्ने बेहोरासहितको पुनरावेदन गरिसकिएको छ ।  यस विषयमा यथासिघ्र आफ्नो न्यायिक विवेक पुरयाउने नै छ भन्ने मेरो विश्वास छ ।  तपाईले उल्लेख गरेझै यतिखेर हामी १ सय ६१ बर्ष पुराानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने ऐन बनाउने तयारीमा पनि छौ ।

बलात्कृत हुनु तपाईको दोष होइन, पूजा । तपाई यसबाट लज्जित वा विचलित हुनुपर्ने कुनै कारण छैन । तपाई आफ्नो लक्षमा अघि बढ्नुहोस, तपाईलाई न्याया प्रदखान गर्न म सरकार र आफ्ना तर्फबाट समेत सबै प्रयत्न गर्नेछु ।

स्नेही नरहरी

आचार्य कानुन तथा न्यायमन्त्री

चिठीको सार संक्षेप कान्तिबार दैनिकबाट 

यस्तो थियो पूजाले कानुन मन्त्रीलाई लेखेको चिठी 


  •  
  •  
  •