काठमाडौँ, ११ फागुन(ओएनएस) : उच्च माध्यमिक शिक्षा परिषद् भक्तपुरले प्लस टुको नजिता लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
एसएलसीमा लेटर ग्रेडिङ प्रणालीबाट परीक्षाको नतिजा सार्वजनिक गर्ने भएपछि परिषद्ले पनि सोही प्रणालीमा ग्रेडिङ गर्ने निर्णय गरेको हो । परिषद्ले एसएलसीमा ग्रेडिङ प्रणालीबाट उत्तीर्ण भइ कक्षा ११ मा भर्ना भएका विद्यार्थीको नतिजा सोही प्रणालीबाट गर्ने भएको छ ।
शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले प्लस टुमा पनि ग्रेडिङ प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसका लागि परिषद्का प्राविधिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । समितिले कुन ग्रेडको विद्यार्थीलाई भर्ना लिने भन्ने विषयमा सिफारिस गर्ने छ ।
हिजो बसेको परिषदको बैठकले यसवर्षदेखि खुल्ला/दुरशिक्षा पद्दतीबाट कक्षा ११ र १२ को कक्षा संचालन गर्ने निर्णय गरेको छ । यसका लागि शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । समितिलाई एक महिना भित्र खुल्ला विद्यालय कसरी संचालन गर्ने कार्यविधि बनाएर पेश गर्न समयावधी तोकिएको छ ।