किशोर अवस्थामाकम सुत्ने किशोरकिशोरीहरू रक्सी, ड्रग्स र सेक्ससम्बन्धी गलत व्यवहारमा लाग्ने खतरा बढ्ने शोधकर्ताहरुले जनाएका छन् । अमेरिकी वैज्ञानिकहरूले गरेको सोधमा कम सुत्ने किशोरकिशोरीहरू राम्रोसँग सुत्ने किशोरकिशोरीको तुलनामा भविष्यमा गलत आचरणमा फस्ने देखिएको जनाइएको छ ।
शोधकर्ताहरूका अनुसार माता-पिताहरूले किशोरावस्थामा आफ्ना सन्तानहरुको विषेश ख्याल राख्नुपर्ने हुन्छ । शोधकर्ताहरूले ‘अल्कोहोलिज्मः क्लिनिकल एण्ड एक्सपेरिमेन्टल रिसर्च’ जर्नलमा लेखेको खबर अनुसार अमेरिकाका ६ हजार ५ सय भन्दा बढी किशोरअवस्थाका युवायुवतीको विष्लेषण गरिएको बताइएको छ ।
उनीहरूले सन् १९९४ देखि २००२ को बीच सुत्ने बानी, रक्सी र ड्रग्सको प्रयोगमाथि सर्वेक्षण गरेर यस्तो नतिजा निकालेका हुन् ।
राम्रो सँग नसुत्ने मानिसहरू यस सर्वेक्षणका क्रममा खराब लत अर्थात् रक्सी तथा ड्रग्सको सेवन गररेको पाइएको उनीहरूको भनाई छ । यस्ता किशोरकिशोरीहरू जो हप्तामा एक पटक सुत्ने गर्थे उनीहरू रक्सी, ड्रग्स र सेक्स जस्ता बानीबाट ग्रसित भएका पाइएका छन् ।