एनसेलबारे छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न लेखा समितिको निर्देशन

100
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको लेखा समितिले इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलको सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकालाई निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको उनले बताए।


  •  
  •  
  •