‘माओवादी परित्याग’ हल्लाको खण्डन गर्दै लेखराजले भने, ‘चरित्र हत्याकाे प्रयास’

918
  •  
  •  
  •  

lekh raj bhattaधनगढी, २६ कार्तिक (ओएनएस) : नेकपा (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले ‘पार्टी परित्याग गर्न लागेको’ भन्ने हल्लाको खण्डन गरेका छन् ।

केही ब्लगसँगै सामाजिक सञ्जालमा ‘लेखराज पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको,’ ‘क्षेत्रीय पार्टी खोल्ने’ लगायतका विषय सार्वजनिक भएपछि भट्टले त्यसको खण्डन गदै ‘आफ्ना चरित्र हत्या’ गर्ने प्रयास भएको बताएका छन् ।

शुक्रबार अत्तरियास्थित निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले सुदूरपश्चिमका जनताको हक अधिकारको लागि लडिरहँदा आफ्नो चरित्र हत्या गर्न पार्टीभित्र र बाहिरबाट केही तत्व लागिरहेको बताए ।

राजनीतिको अन्तिम समयसम्म माओवादीमै रहने बताउदै पूर्वमन्त्री भट्टले हल्लाको पछाडि नलाग्न पार्टी पंक्ति तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।  सुदूरपश्चिमको सिंगो एक प्रदेश हुनु पर्ने आवाजलाई बुलन्द पारेपछि केही मान्छेरू आफूविरुद्ध लागेको उनको भनाई छ ।


  •  
  •  
  •