लिसेष्टर सिटीलाई पहिलो पटक प्रिमियर लिगको उपाधी

179
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(एजेन्सी) : लिसेष्टर सिटीले पहिलो पटक बेलायतको प्रतिष्ठित फुटबल प्रतियोगिता प्रिमियर लिगको उपाधी जितेको छ । टोटेनह्यामले चेल्सीसँग २-२ गोलको बराबरी खेलेपछि लिसेष्टर सिटीले २ खेल बाँकी रहँदै प्रिमियर लिगको उपाधी कब्जा गरेको हो ।

leicester city won premier league titleटोटेनह्यामले चेल्सीसँग बराबरी खेलेपछि टोटेनह्याम उपाधी होडबाट बाहिरिएको हो । लिसेष्टर सिटीको ३६ खेलबाट ७७ अंक भएको छ भने टोटेनह्यामको ३६ खेलबाट ७० अंक रहेको छ । यस आधारमा लिसेष्टर सिटी आगामी दुवै खेलमा पराजित भए र टोटेनह्यामले दुवै खेलमा जित हासिल गरेपनि लिसेष्टर सिटी टोटेनह्यामभन्दा १ अंकले अगाडि हुनेछ ।

गत संस्करणमा करिब करिब रेलिगेशनको संघारमा पुगेको टोलीले यस वर्ष उपाधी जित्न सफल भएको छ भने गत वर्षको विजेता चेल्सीले खराब प्रदर्शन गर्दै उपाधी होडबाट धेरै अगाडि नै बाहिरिएको थियो ।

leicester city won premier league title1यस प्रतियोगितामा सुरूवातमा म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, आर्सनल उपाधी होडमा अगाडि रहेपनि लिसेष्टरले बिस्तारै फड्को मारेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लिसेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

लिसेष्टर सिटीले पहिलो पटक प्रिमियर लिगको उपाधी उचाल्ने निश्चित भएपछि लेष्टर सिटीका हजारौँ समर्थक लिसेष्टर सिटीको खेल मैदान बाहिर जम्मा भएका थिए । त्यहाँ उनीहरूले जितको खुसी मनाएका छन् ।


  •  
  •  
  •