कांग्रेस केन्द्रीय समितिद्वारा संसदीय दलको विधान अनुमोदन

200
  •  
  •  
  •  

काठमाडौँ, २२ चैत(ओएनएस) : कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलले पारित गरेको विधान संशोधन प्रस्तावलाई अनुमोदन गरेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संसदीय दलले प्रस्ताव गरेको विधान अनुमोदन गरेको हो ।

दलको विधानमा अन्तरिम संविधान-२०६३ को ठाउँमा संविधान, संविधानसभाको ठाउँमा व्यवस्थापिका संसद, ५ विकास क्षेत्रको ठाउँमा ७ प्रदेशलगायतका शब्दमा परिमार्जन गरिएको छ ।

त्यस्तै दलको विधानमा नेपालको संविधानको अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी-जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरेको छ ।

कांग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र संसदीय कार्यसमितिको २६ गते निर्वाचन गर्न मिति निर्धारण गरेको छ ।
यसअघि नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

कांग्रेस संसदीय दलको संसद भवन, नयाँ बानेश्वरमा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैठकमा प्रमुख सचेतक चिनाकाजी श्रेष्ठले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •