स्पेनिस ला लिगा आजदेखि शुरु हुँदै

47
  •  
  •  
  •  

काठमाडौं । स्पेनिस ला लिगा आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् ।

खेल नेपाली समय अनुसार राती पौने एक बजेबाट शुरु हुनेछ । एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना रहेको छ । ला लिगामा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम बार्सिलोना र एथ्लेटिक विल्बाओ पनि खेल्दैछन् ।

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ ।

यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्ट्वान ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ ।


  •  
  •  
  •