जीप दुर्घटनामा १ को मृत्यु बालक सहित ५ घाईते

57
  •  
  •  
  •  

बैतडी, २२ भदौ (ओएनएस) : बैतडीको गिरेगडा गाविस वडा नं. ८ खनारी (क्षिणा) भन्ने ठाउंमा जीप दुर्घटना हुुंदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १० बर्षका बालक सहित भने ५ जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरेगडा तर्फ गईरहेको से १ ज ३०५ नम्वरको जीप हिजो सांझ करिव सवा ६ वजेतिर जीप दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा रहेका ग्वाल्लेक गाविसका अन्दाजी ४७ वर्षिय किसनदत्त जोशी रहनुभएको छ । यस्तै घाईते हुनेमा दार्चुलाको शर्मोली ४ का उषा किरण बोहरा, बैतडीको गिरेगडा गाविस ८ का ३४ वर्षीय कलावती चन्द उनका १० वर्षीय  छोरा शन्तोष चन्द, गिरेगडा ५ का ५४ बर्षिय शेरेराम कामी, र गिरेगडा ८ का ३२ बर्षिय वशन्ती चन्द रहेका छन् ।

घाईते मध्ये उषाकिरण बोहरा र कलावती चन्दको अवस्था गम्भीर रहेको प्रहरीले वताएको छ । घाईते सबैको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि महाकाली अंचल अस्पताल महेन्द्रनगर रिफर गरिएको छ । जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खोलामा खसेको प्रहरी जवान पदमसिंह वडालले जानकारि दिए । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले वताएको छ ।

 


  •  
  •  
  •