जिल्ला स्तरीय सिकाई मेला सम्पन्न

747
  •  
  •  
  •  

अछाम, ६ पुस (ओएनएस) : अछामको बिनाकयमा जिल्ला स्तरीय सिकाई मेला सम्पन्न भएको छ । कक्षा ३ सम्म अध्यनरत बालबालिकाको सिकाईलाई लक्षित गर्दै मेलाको आयोजना गरिएको थियो ।

 

 

मेलामा बालबालिकाको सिकाईका लागि विभिन्न सिकाइका माध्यमहरुबाट उनीहरुलाई उत्पेणा जगाउन खोजेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

जिल्लाका बिभिन्न बिद्यालयहरुमा पढाई मेला सम्पन्न पश्च्यात बिनायकमा जिल्ला स्तरीय सिकाई मेलाको आयोजना गरिएको हो ।  पञ्चदेवल बिनायक नगरपालिका र जिल्ला शिक्षा कार्यालय अछामसंगको समन्वयमा युनिसेफको आर्थीक सहयोग तथा विश्व शिक्षाको प्राविधिक सहयोग एवं सेतो गुँरास बाल बिकास सेवा अछाम र बिद्यामन्दीर माध्यामिक बिद्यालय बिनायकको संयुक्त आयोजनामा सिकाई मेला भएको हो । मेलामा बालबालिका, अभिभावक,शिक्षक बिद्यार्थी लगाएतकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।


  •  
  •  
  •