राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजबाट

163
  •  
  •  
  •  

काठमाडौं ७ माघ (ओएनएस) : एक करोड पुरस्कार राशीको राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । अखिल नेपाल संघ एन्फाको आयोजनामा हुन लागेको लिगको राजधानीको दशरथ रंगशालामा उद्घटन हुने भएको छ । होम एण्ड अवे प्रणालीको आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार मनाङ मस्र्याङ्दी र सुदुरपश्चिमाञ्चल टीम कैलाली भिड्नेछन् ।

खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । लिगको घोषणा भएको तेस्रो पल्ट आज खेल हुन लागेको हो । पुर्वदेखि पश्चिमका चार जिल्ला मोरङ, झापा, रुपन्देशी र कैलाली र ए डिभिजनका पाँच टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, थ्रि स्टार, पुलिस, आर्मी र एपिएफले प्रतियोगितामा सहभागीता जनाउनेछ ।

राजधानीका साथै जिल्ला जिल्लामा समेत गरी लिगमा ७२ खेल हुने भएका छन् ।  प्रतियोगिताको विजेताले १ करोड रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५० लाख र तेश्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •