केही महत्वपूर्ण नेपाली नेताको हत्या गर्ने सूचना

97
  •  
  •  
  •  

काठमाडौं २७ असोज ।
भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको छ । काठमाडौंस्थित भारतीय दुतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।

१८ दिनअघि अर्थात २४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको हो ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको संभावना रहेको उल्लेख छ ।

परराष्ट्रमन्त्रालय मार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन । तर अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ । सूचनामा अत्यन्तै सुरक्षा खतरा रहेका नेता को को हुन् भन्ने उल्लेख नगरी ‘प्रोमिनेन्ट नेपाली पोलिटिसिययन्स’ भन्ने वाक्यांश प्रयोग गरिएको छ ।

विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा उल्लेख समेत छ । सूचनामा आतंकवादीले विशालु ग्याँसको प्रयाेगद्धारा सर्वसाधारण जनता समेत अपरहरण हुन सक्ने उल्लेख छ । भारतले राजधानी र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •