ह्यात होटलमा नेताहरू

203
  •  
  •  
  •  

काठमाडौं, १९ साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि विभिन्न दलका नेताहरु होदी रहेको होटल ह्यातमा पुगेका छन् । एमाले, एमाओवादी नेता, मधेस केन्द्रित दल र राप्रपा नेपालका अध्यक्ष कमल थापासँग मोदीको भेट गर्ने कार्यक्रम छ ।

पहिलो पटक एमालेका नेताहरुसँग मोदीको भेट हुँदैछ । एमाले अध्यक्ष केपी ओलीलगायत ८ जनाको टोलीले मोदीसँग भेट गर्नेछ । तर, सो भेटमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागि नहुने भएका छन् ।

यसअघि राष्ट्रपति डा. रामवरण यादव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीलत निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले मोदीले आईतवार संसदमा गरेको सम्बोधनको प्रशंषा गरेका छन् । राष्ट्रपति यादवले आइतवारको संसद्मा गरेको सम्बोधनले नेपालीको मन जितेको भन्दै मोदीको प्रशंषा गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी सोमवार ९ बजे पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिनाथ मन्दिरमा करिब दुई घण्टा विशेष पुजा गरेपछि मोदी राष्ट्रपति निवास पुगेका थिए । राष्ट्रपति यादवले मोदीको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । सोमबार भएकाले राष्ट्रपति कार्यालयले सबै पाहुनाकोलागि शुद्ध शाकाहारी भोजनको व्यवस्था गरेको छ ।


  •  
  •  
  •