पहुँचवालाको मात्रै उपचार

121
  •  
  •  
  •  

काठमाडौं २८ माघ । तत्कालीन लाठसाब मोहन शमशेरका ‘ढोके’ बुवालाई कुष्ठरोग लाग्दा भारतमा उपचार गर्न १९९६ सालमा ५ हजार रुपैयाँ अर्च पाएको उल्लेख गरेका छन् ,दमनराज तुलाधरले आफ्नो आत्मकथा पुस्तकमा ।

राणापछि बहुदल,पञ्चायत,प्रजातन्त्र , राजाको शासन र लोकतन्त्रमालपात्र धेरै परिवर्तन भए पनि प्रवृत्ति उही छ । पहुँच हुनेले राज्यकोषबाट उपचार खर्च पाइरहेकै छन् । पहुँच नहुने झाडापखाला लाग्दा पनि मर्नुपर्ने अवस्था छँदै छ ।

पहिलोपल्ट एमालेका वरिष्ठ नेता झलनाथ खनालको अमेरिकामा उपचार गर्दा भएको खर्च ७७ लाख रुपैयाँको शोधभर्ना प्रक्रिया जारी छ । उनको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरिसकेको छ ।

स्रोतका अनुसार चालू आर्थिक वर्षमै प्रधानमन्त्री सुशील कोइरालाको उपचारमा राज्यकोषको १ करोड ४३ लाख खर्च भएको छ । एमाले अध्यक्ष केपी ओलीका लागि गत वैशाखमा ५९ लाख ९६ हजार र जेठमा ६६ लाख ३९ हजार रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।

त्यस्तै सरकारले कांग्रेस नेता चक्र बास्तोलाको उपचारका लागि ५० लाख खर्चिएको छ भने एमाओवादी नेता नारायणकाजी श्रेष्ठका लागि ३८ लाख दिएको छ ।

भ्रष्टाचारको आरोप लागेका कांग्रेस नेता गोविन्दराज जोशीको उपचारका लागि समेत सरकारले २७ लाख ८० हजार उपलव्ध गराएको । पदमा पुगेपछि ‘प्रिभिलेज्ड’ ठान्ने संस्कार पुरानै हो,जुन अहिले पनि जारी रहेको अर्थशास्त्री विश्व पौडेलले बताए । कान्तिपुरबाट


  •  
  •  
  •