नेताको उपचारमा राष्ट्रको ढुकुटी रित्तिँदै

57
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ । गरिब बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका बेला राजनीतिक दलका हुनेखाने र पहुँचवाला नेताले भने उपचारका नाममा राज्य कोषबाट करोडौं रुपैयाँ खर्च गरेका छन्। राज्यले यस्ता हुनेखाने नेतालाई उपचारखर्च भन्दै दुई वर्षमा करिब तीन करोड रुपैयाँ उपलब्ध गराएको छ।

दुर्गम गाउँमा सामान्य उपचार गर्दा पनि बाँच्न सक्ने सम्भावना भएका सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपरेका घटना सञ्‍चारमाध्यमबाट सार्वजनिक भइरहेका बेला हुनेखाने नेताले उपचारका नाममा गरेको यो खर्च असामान्य छ। अन्‍नपूर्णलाई प्राप्त तथ्यांकअनुसार अधिकांश नेता आर्थिक रूपमा सम्पन्न भए पनि राजनीतिक दबाबमा उनीहरूको उपचारखर्च सरकारले बेहोरेको हो।अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •