
काठमाडौं । पत्रकार लालबहादुर विश्वकर्मा‘एलबी’को निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वाडमा भर्ना गरिएको थियो । विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।
क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्ने युवा लेखकका रुपमा परिचय बनाएका थिए । उनको शव पाटन अस्पतालमा छ । उनलाई कोभिड १९ संक्रमण थियो वा थिएन ? भन्ने एकिन छैन ।