लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

184
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक (ओएनएस) : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ६ औँ जन्मजयन्ती, स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका पहाडी पुकार, पुतली, भिखारी, सुनको विहान, छहरा लगायत दर्जनौं कविता कृति, मुनामदन, राजकुमार प्रभाकर,कुञ्जिनी,मैना लगायतका खण्डकाव्य, महाकाब्वय, गीतिकाव्य र निबन्द सङ्ग्रह प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइछ । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हनु भएका देवकोटाले नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो भने त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन, नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु भएको थियो ।


  •  
  •  
  •