लक्ष्मीले २० प्रतिशत वोनस तथा ३० प्रतिशत हकप्रद सेयर प्रदान गर्ने

434
  •  
  •  
  •  

download (2)काठमाडौं, २६ कात्तिक, (ओएनएस) : लक्ष्मी बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत वोनस सेयर तथा ३० प्रतिशत हकप्रद सेयर प्रदान गर्ने भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र खेतानको अध्यक्षतामा मंगलवार बसेको १४ औँ साधारणसभाले यस्तो निर्णय गरेको हो । यससँगै बैंकको चुक्ता पूँजी रू२ अर्ब ३३ करोड ७९ लाख ६६ हजार पुगेको छ । गत आव २०६९र ७० मा सो चुक्ता पूँजी रू एक अर्ब ६९ करोड ४० लाख ८१ हजार रहेको थियो ।

आव २०६९\७० मा बैंकले रू. २५ अर्ब ९६ करोड पाँच लाख निक्षेप परिचालन गरेकामा आव २०७०र७१ मा रू ३० अर्ब ५९ करोड २० लाख पुगेको छ । त्यस्तै, गत वर्ष लगानी रू५ अर्ब ८६ करोड आठ लाख रहेकामा अहिले रू ५अर्ब ४२ करोड २२ लाख पुगेको छ ।

त्यसैगरी बैंकले आव २०७०र७१ मा रू ४७ करोड ४८ लाख ५६ हजार खुद नाफा गरेको छ । हाल बैंकको देशभर ३७ शाखा सञ्चालनमा छन् ।

चालुआवमा ५० पु¥याउने लक्ष्य भएको बताइएको छ । बैङ्कले विभिन्न २५ सहरमा ५० एटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै नयाँ सेवा विस्तारलाई निरन्तरता दिने क्रममा बैङ्कले मोबाइल खाता शुरु गरेको छ । बैङ्कले विभिन्न १८ अन्तर्राष्ट्रिय एजेन्टसँग सहकार्य गरी विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।


  •  
  •  
  •