‘लक्ष्मी बम्ब’ को ट्रेलर सार्वजनिक

122
  •  
  •  
  •  

एजेन्सी । अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ को ट्रेलर सार्वजनिक भएको छ । राघव लरेन्सको निर्देशनमा बनेको यो फिल्म तमिल फिल्म ‘मुन्नी २ः कञ्चना’ को हिन्दी रिमेक हो ।

फिल्ममा अक्षयको अपोजिटमा कियारा आडवाणी छिन् । यो अक्षयको पहिलो फिल्म हो, जसमा उनी तेस्रो लिंगीको भूमिकामा देखिएका छन् । फिल्म ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।
यो फिल्ममा अक्षय र कियाराका अलावा तुषार कपूर, शरद केलकर, अश्विनी कल्सेकर जस्ता कलाकारहरुको पनि अभिनय छ ।


  •  
  •  
  •