मधेश आन्दोलन भारतको लगानीमा भएको होइन् : कर्ण

338
  •  
  •  
  •  

????????????????????????????????????

काठमाडौ, ५ असोज(ओएनएस) : नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेश अन्दोलन भारतको लगानीमा नभएको दावी गरेका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपालका नेता र मन्त्रीलेसमेत मधेसका नागरिकको सहयोगमा भएको आन्दोलनलाई भारतको सहयोगमा गरिएको आन्दोलन भन्नु गलत भएको उनले टिप्पणी गरेका छन् ।

‘चुनाव जितेका राष्ट्रिय नेताहरू हुँ’ भन्नेले समेत मधेसका नागरिकहरु मार्दै संविधान जारी गरेको र त्यस क्षेत्रमा जाने आँट नगरेको भन्दै मधेसीको भावना बुझ्न नसके त्यसको परिणाम दर्दनाक हुने चेतावनी दिएका छन् । तीन नेता मधेस, जनजाती, दलीत लगायतकाहरुको नेता नभएको भन्दै प्रक्रियालाई केहि समय लम्ब्याँउदै आफूहरुलाई वार्ताको आह्रवान गरिएको भन्ने भनाईमा सत्य नभएको र तीन नेताहरुले संविधान जारीको नाटक मञ्चन गरेको आरोप उनको लगाए ।

भारतीय राजदुतावासमा नपुग्ने कुनै नेता नभएको उल्लेख गर्दै उनले भने, ‘मधेशका नेताहरुलाई लैनचौर जान सरकारले निषेध गरेको छ ।’ उनले ठूला दलका नेताले भारतीय राजदूतदेखि नेतासम्मलाई चाकडी गर्दा केहि नहुने तर मधेशी नेताहरुले समर्थन पाउँदा गलत ब्याख्या गर्ने परिपाटी गलत भएको उनले गुनासो थियो ।

उनले भने, ‘नोबेल र संविधान लेख्न जति सजिलो छ, त्यसलाई कार्यान्वयन गर्न त्यतीकै जटिलता छ भने यो संविधानले त देशका प्रमुख विषय समेट्न सकेको छैन् । त्यसैले यो संविधान लाखौ जनताले मधेशमा जलाईरहेका छन् भने काठमाडौंमा समेत जलिरहेको छ ।’

मधेश अन्दोलनमा सरकारको गोली लागेर मरेकाहरुलाई १० लाख दिने घोषणा गर्नु गलत भएको र मान्छेको मूल्य तोकेको भन्दै उनले सहित घोषणा गर्नु पर्नेमा जोड दिएका छन् । अर्को प्रसंगमा तराईका राजनीतिक दलहरुले अन्दोलनका क्रममा मारिनेलाई ५० लाख दिने घोषणा प्रादेशिक सरकारको घोषणसँगै सहिद घोषण र परिवालाई विभिन्न खालका सहुलियत दिने बताए ।


  •  
  •  
  •