पीआर र डीभी लिएकालाई कारवाही गर्न मिल्दैन : अर्थमन्त्री

206
  •  
  •  
  •  

न्यूओर्क २ बैशाख (ओएनएस) : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी मुलुकहरुको स्थायी बसोबासको अनुमती लिएका सरकारी कर्मचारीहरुलाई कारवाही गर्ने बताइरहेको बेला सरकारका प्रभावशाली एक मन्त्रीले भने त्यस्ता कर्मचारीहरुलाई कानुनीरुपमा कारवाही गर्न गाह्रो रहेको टिप्पणी गरेका छन् ।
आईतबार भर्जिनिया डिसीस्थित जनसम्पर्क समिति भर्जिनिया च्याप्टरको आयोजनामा आयोजित भेटघाट कार्यक्रममा अर्थमन्त्री डा।रामशरण महतले अर्को देशको स्थायी बसोबासको अनुमति लिनु सरकारी कर्मचारीहरुको अनैतिक कार्य भएको टिप्पणी गर्दै भने ुतर कानुनी अभावमा अहिले कारवाही गर्न सकिदैंन ।ु नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा।महतले पहिले कानुन बनाउनुपर्ने र त्यसपछि कारवाही गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले मन्त्री महतसँग कर्मचारी कारवाहीको प्रसंगमा सामान्य मन्त्री पण्डितद्वारा विदेशबस्ने नेपालीप्रति लक्षित अभिब्यक्तिबारे जिज्ञाशा राखेका थिए ।
उत्तरमा अर्थमन्त्रीले ती अभिब्यक्तिहरु सरकारको आधाकारिक धारणा नभएर मन्त्री पण्डितका व्यक्तिगत धारणा रहेको बताए ।
च्याप्टरका अध्यक्ष केशव बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री महतले गैरआवासीय नेपालीहरुलाई राजनीतिकबाहेकका अन्य अधिकारहरु दिन सरकार प्रतिबद्व रहेको बताए । मन्त्री डा महत विश्व बंैकको कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका छन् । ईकान्तिपुरबाट

  •  
  •  
  •