ओबामाका छोरीहरूको लुगामा कमेन्ट गर्ने महिलाले दिइन् राजीनामा

290
  •  
  •  
  •  

obama-with-his-daughtersकाठमाडौ, १६ मंसिर(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीहरूको कपडाको आलोचना गर्ने महिला एलिजाबेथ लाटेनले रिपब्लिकन सांसद स्टीफन फिन्चरको सञ्चार निर्देशकको पदबाट राजीनामा दिएकी छिन् ।

 लाटेनले पछिल्लो दिन ‘थ्याङंक्स गिभिङ्ग डे’ को एक कार्यक्रमका दौरान ओबामाकी छोरीहरू साशा र मालियाको छोटो स्कर्टलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा उनीहरुको आलोचना गरेकी थिइन् । पछि उनले फेसबुबाट आप्नो उक्त पोष्टलाई हटाएर ठेस पुर्याउने शब्दका लागि माफी मागेकी थिइन् ।

comment on obamas daughterलाटेनले अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा पारम्परिक ‘टर्की पार्डनिंग इभेन्ट’मा ओबामाको छोरीहरूलाई जब फिताको साथमा उभिरहेका थिए, तब उनीहरू मानसिक तथा शारीरिक रूपमा निस्क्रिय देखिन्थे । उनले साशा र मालियाको कपडामाथी व्यङ्ग गर्दै लेखेकी थिइन्, ‘प्रिय साशा र मालिया, म बुझ्छु की तपाईहरू दुईजना किशोरावस्थाको नाजुक क्षणमा हुनुहुन्छ, तर, तपाईहरू अमेरिकाको पहिलो परिवारको सदस्य हुनुहुन्छ, यसकारण थोरै सालिनताका साथ प्रस्तुत हुने प्रयास गर्नुहोस् । कम से कम जुन भूमिका निभाइरहनु भएको छ त्यसको सम्मान गर्नुस् ।’

comment on obamas daughter1उनले ओबामा र उनकी पत्नी मिशेल ओवामामाथि पनि औला उठाएकी थिइन् । उनले लेखेकी थिइन्, ‘त्यसै पनि तपाईको माता पिता आफ्नो पदको धेरै सम्मान गर्दैनन् । हेर्ने हो भने देशको पनि । यसकारण मेरो अनुमान यो छ की तपाईहरू पनि आदर्श बन्न सकिरहनु भएको छैन् ।’

लाटेनको उक्त पोष्टले निकै हंगामा भयो । खासगरी फेसबुकमा ओबामाका छोरीहरूको समर्थन र विरोधमा दुई गुट उभिएका थिए । लाटेनको उक्त पोष्टका कारण धेरै आलोचनाको सामना गर्नुपरे पछि उनले उक्त पोष्टलाई हटाइन् र माफी मागिन् । अब उनले आफ्नो पदबाट समेत राजीनामा दिइन् । तर, उनले राजीनामा स्वेच्छाले दिइन् या कसैको दवावमा दिइन् भन्ने कुरा भने खुल्न सकेको छैन् ।


  •  
  •  
  •