संविधान बुझाउन एक लाख घरमा एमालेको चिठी

80
  •  
  •  
  •  

काठमाडौं १६ माघ ।
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि नेकपा एमाले बाँकेले घर–घरमा चिठी पठाउने भएको छ । संविधानमा लेखिएका बिषय बस्तुहरु समेटर नेपाली, अवधि र थारु भाषामा लेखिएको पर्चा बाँकेका एक लाख घरधुरीमा घरमुलीको नाममा पठाउन लागिएको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिए ।

चिठी पठाउने शैलीमा घरमुलीको नाम लेखेर तीन भाषामा लेखिएको पर्चा पठाउने तयारी पुरा भएको अध्यक्ष कोइरालाले शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘चिठीभित्र संविधानका अन्तरबस्तु समावेश गरिएको पर्चा हुन्छ । बाहिर घरमुलीको नाम हुन्छ’, उनले भने, ‘आफ्नै भाषामा जनताले आफ्नो संविधान पढ्न पाउनुहुनेछ ।’

अध्यक्ष कोइरालाका अनुसार चिठी घरमुलीको हातमा पुर्या‍उन हुलाकीकारुपमा कार्यकर्ताहरुलाई तयार पारिएको छ । ‘चिठी बुझाउन हाम्रा कार्यकर्ताहरु घर–घरमा जाँदैहुनुहुन्छ’ उनले भने, ‘जसले पढ्न सकनुहुन्न उहाँहरुलाई हाम्रै कार्यकर्ताले पढेर सुनाइदिनुहुनेछ ।’

नेकपा एमाले बाँकेले संविधान कार्यान्वयनका लागि संविधानका अन्तरबस्तु समावेश विषयबारे जानकारी दिन तीन महिने विशेष अभियान सन्चालन गरिरहेको छ ।

सोही अभियानअन्र्तगत जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका भेला, प्रशिक्षणहरु सम्पन्न भइसकेको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार सबै कार्यक्रमहरु समापन भइसकेपछि फाल्गुण १९ गते नेपालगन्जमा बृहद जनसभा गर्न लागिएको छ ।

उक्त सभामा ५० हजार जनताको सहभागिता गराउने तयारी भइरहेको खत्रीले बताए । एमालेले संबिधान बुझाउन घर–घरमा चिठ्ी पठाउनाका साथै घरमुलीबाट पांच रुपैया सहयोग समेत माग्ने भएको छ । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •