बाबुरामको नयाँ शक्तिमाथि डा. मेरी डेशेनको टिप्पणी

74
  •  
  •  
  •  

डा. मेरी डेशेन

यो मानिसको इच्छाको कुरा नभई विज्ञानको कुरा हो । मानिसहरु अरु केही दशकसम्म यबाबुरामको नयाँ शक्तिमाथि डा. मेरी डेशेनको टिप्पणी सरी नै यही गतिमा चल्न सक्छन् । तर, यसो गर्दा उत्पन्न हुने परिणामहरु के हुन् त्यो हामीलाई थाहा भइसकेका कुरा हो । यो दुनियाँका थुप्रै खण्डहरु मानवका जाति प्रजातिका लागि बस्न लायक रहने छैनन् ।

अनि अर्को ५०-१०० वर्षभित्रमा अरु थुप्रै खण्डहरु बस्न लायक रहने छैनन् । हामी अहिले जे गरिरहेका छौ, त्यसले भावी क्षतिको निर्धारण गरिरहेको छ ।

हिमालयहरु पृथ्वीका बढी छिटो र उल्लेख्य रुपले प्रभावित हुने क्षेत्रहरु मध्ये हुने कुरा निश्चित छ । हिमनदीहरु पग्लिरहेका छन्, मनसुनको प्रकृति यथावत रहने छैन अथवा यो एकदमै अनियमित हुनेछ ।

भूमण्डलव्यापी पर्यावरणका दुष्परिणामहरु रोक्नै नसकिने नहोउन्जेलसम्म ऊर्जा प्रयोग गर्ने हाम्रा तरिकाहरुमा आधारभूत परिवर्तन आउने सम्भावना ज्यादै कम देखिन्छ ।

यो स्थितिमा आमूल परिवर्तन ल्याउनु, ऊर्जाको अन्धाधुन्ध प्रयोग गर्नबाट जोगिनु र मानव जातिले बसोबास गर्न मिल्ने यो पृथ्वीलाई जोगाउनु नै हाम्रो युगका महान् संघषहर्रु हुन् ।

अब चानचुने संघर्षको काम छैन । मानव जातिको अबको अजेन्डा अन्धाधुन्ध र बेलगाम रुपले गरिने उत्पादनलाई घटाउनु हो, जुन उत्पादनको आधार ऊर्जाको हस्तान्तरण र विनिमय हो ।

हामीले जैविक विविधता, सांस्कृतिक विविधता र मानव, वनस्पति तथा जीवजन्तुका समुदायहरुको घटौतीलाई रोक्नु पनि त्यति नै अत्यावश्यक छ । यो आवश्यकताले संघर्षका हरेक क्षेत्रको समीकरणमा परिवर्तन ल्याउँछ ।

हामी विश्वभरि अरु प्रगतिशील शक्तिहरु यो संघर्षमा जुटेका वा कमसेकम नवउदारवाद र वित्तीय पुँजीका खासखास प्रवृत्तिहरुविरुद्ध आ–आप्mना ठाउँमा संघर्ष गरिरहेका देख्न सक्छौं।

भारतमा आणविक शक्तिका भट्टीहरु विरुद्ध र ठूला बाँधविरुद्ध संघर्ष भइरहेका छन् । औद्योगीकरणको लागि किसानहरुको वासउठ्ठा गर्ने कुकृत्यविरुद्ध ठूला संघर्षहरुका भइरहेका छन् ।

किसान–किसानका ऐक्यबद्ध आन्दोलनहरु, जापाटिस्टाहरुका नवउदारवादी एजेन्डालाई चुनौती दिने र नयाँ प्रकारका समुदायहरु तथा स्थानीय अर्थव्यवस्थाहरुको निर्माण गर्ने आन्दोलनहरु त एकाध उदाहरण मात्र हुन् ।

परम्परागत पार्टीहरु भने प्राथमिकतामा राख्नैपर्ने अहिलेका यी प्रस्ट चुनौतीहरुको सामना गर्न तत्पर हुने अथवा सङ्गठन र सिकाइका के–कस्ता रुपहरु अपनाउने र के–कस्ता आन्दोलनमार्फत योगदान गर्ने भन्ने कुराबारे सोचविचार गर्नमा सुस्त देखिन्छन् ।

नेपालमा २१ औं शताब्दीका यी मूलभूत चुनौतीहरुको सामना गर्न अग्रसर हुनुको सट्टा तपाईं हाल विद्यमान पुँजीवादको प्रमुख एजेन्ट बन्ने कुरा पो प्रस्तावित गर्दै हुनुहुन्छ ।

सिंगो पृथ्वीको पर्यावरण प्रणालीलाई पूँजीवादी विनासबाट जोगाउनुपर्ने यो अन्तिम घडीमा तपाईंचाहिँ ताहुर–माहुर गर्दै यसलाई हिमालयमा आश्रय दिन चाहनुहुन्छ ।

नेपालमा अझै पनि जैविक विविधता व्यापक छ । यस कुरामा यो यस ग्रहकै एउटा अति महत्वपूर्ण ठाउँ हो ।

नेपालको जैविक विविधतालाई बुद्धिमानीसाथ जोगाएर त्यसको संरक्षणलाई व्यवस्थित तुल्याएको खण्डमा आगामी दशकहरुमा आइलाग्ने थुप्रै चुनौतिहरूका बाबजुद यो शानदार सम्पदाका रुपमा रहने सम्भावना बाँकी रहनेछ ।

‘लौ छिटो, हामी यसलाई ध्वस्त पारिहालौ’’ के तपाईंको ‘नयाँ शक्तिको नारा यस्तै हो ? नेपालका वास्तविक सम्पदा र श्रोतहरु मुख्यतया त्यस्ता ज्ञान र रहनसहनहरु हुन् जसमा यहाँका मानिसहरुका लागि ठूलठूला सम्भावना र बाँकी विश्वका लागि ठूलठूला पाठहरु रहेका छन् ।

यो यहाँका जनताहरुले वातावरणका अवस्थाहरु र आफनै अवस्थाहरु अनुरुप अति कठिन वातावरणमा जिउन सिकेर सञ्चय गरेको व्यापक ज्ञान हो ।

आर्थिक विकास सम्बन्धी तपाईंको कार्यक्रमले तपाईं यी सबै चीजलाई परास्त गर्नुपर्ने, अझ ध्वस्तै पार्नुपर्ने न्यून, अपूर्ण र पछौटे प्रवृत्तिका चीजका रुपमा हेर्नुहुन्छ भन्ने कुरा स्पष्ट रुपले झल्काउँछ । म तपाईंलाई फेरि आँखा खोल्न आग्रह गर्छु । हिमालखबरबाट


  •  
  •  
  •