लाठी बोकेर सडकमा निस्कियो एमाओवादी मोर्चा (फोटोफिचर)

187
  •  
  •  
  •  

काठमाडौ, १५ चैत(ओएनएस) :  गृह मन्त्रालयले लाठी तथा मसाल जुलुस ननिकाल्न गरेको अनुरोधलाई अस्वीकार गर्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आइतबार देशभर लाठी जुलुस प्रदर्शन गरेको छ ।

राजधानीमा मोर्चाका कार्यकर्ता बाँसका भाटासहित सडकमा निस्किएका थिए । त्यसक्रममा उनीहरुले सरकारबिरुद्ध चर्का नाराबाजी गरेका थिए । मोर्चाको लाठी जुलुसका कारण भृकुटीमण्डप–रत्नपार्क आसपासका बटुवाहरु आतंकीत बनेका थिए । lathi julus4

भृकुटीमण्डबाट सुरु भएको लाठी जुलुस शहिदगेट, वीर अस्पताल हुँदै रत्नपार्कमा पुगेर सकिएको थियो ।

त्यसक्रममा प्रहरीले वीर अस्पताल अगाडी प्रहरीले जुलुसलाई रोक्ने क्रममा झडप समेत भएको थियो । झडपमा केहि प्रदर्शकारी सामान्य घाइते भए ।

विगतका सहमति र सम्झौतालाई आधार मानेर सहमतिबाटै नयाँ संविधान जारी गर्नुपर्ने मागसहित मोर्चाले ७५ जिल्ला सदरमुकाममा लाठी जुलुस निकालेको हो ।

lathi julus1 lathi julus6 lathi julus3 lathi julus

lathi julus5


  •  
  •  
  •