३० दलीय मोर्चाको लाठी जुलुसमा प्रहरी हस्तक्षेप

157
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, १५ चैत(ओएनएस) : विपक्षी ३० दलीय मोर्चाको देशव्यापी कार्यक्रम अन्तर्गत आज नारायणगढमा निकालिएको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रदर्शनकारी र प्रहरीबीच नारायणगढको लायन्सचोकमा झडप हुँदा ए माओवादिका जिल्ला परिषद सदस्य ओमनाथ पाण्डेसहित पाँच जना घाईते भएको वाईसिएलका सन्तोष पनेरूले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीका पनि ३ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले एमाओवादी चितवनका इन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यम बहादुर परियार ईन्द्रजित सहित केन्द्रिय परिषद सदस्य ठाकुर ढकाल, क्षेत्रीय इन्चार्ज बाबुराम खरेल र वासिएलका सन्तोस पनेरू लगायतलाई नियन्त्रणमा लिएको छ ।

झडपका कारण लायन्सचोकदेखि पुलचोकसम्मको सवारी आवागमन ठप्प भएको छ भने बजार पनि आशिंक रूपमा बन्द भएको छ । लामो दूरीको सवारी साधान प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ पठाएको छ । अहिले नारायणगढ क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

यस्तै, पोखराको न्यूरोडमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

हातमा बाँसका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको छ । केहीको टाउको र अनुहारमा चोट लागेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आइतबार देशभर लाठी जुलुस प्रदर्शन गर्दैछ । गृहमन्त्रालयले भने लाठी जुलुस प्रदर्शनमा रोक लगाएको छ ।


  •  
  •  
  •