मन्त्रालय घेराउ गर्न पुगेका इन्जिनियरमाथि लाठीचार्ज

433
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : प्रहरीले सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुमाथि बल प्रयोग गरेको छ ।

सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका इन्जिनियरमाथि प्रहरीले मंगलबार लाठीचार्ज गरेको हो । प्रहरीको लाठी लागेर केही इन्जिनियरहरु घाइते भएका छन् ।

इन्जिनियरहरु सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णयविरुद्ध एकसातादेखि आन्दोलनमा छन् ।
इन्जिनियरहरुले सेवा सुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए थप आन्दोलनको चेतावनी समेत दिएका छन् ।

आन्दोलनरत इन्जिनियरहरुले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य विमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग राखेका छन् ।


  •  
  •  
  •