पूर्वप्रधानमन्त्री कोइराला र भट्टराईकै काजकिरिया खर्च अड्कियो

182
  •  
  •  
  •  

काठमाडौं ३० बैशाख ।

पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमश ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिदारी गर्दै राज्यले राजकीय सम्मानका साथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरेको छैन।

तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए । दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद्, संस्कृति मन्त्रालय लगायत ठाँउमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो ।

पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मनकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तन नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

तीन महिनाअभि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मन पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरीया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको छ ।
नागरिकबाट


  •  
  •  
  •