विवादास्पद लामाको सपथ आज

169
  •  
  •  
  •  

काठमाडौं ३ फागुन (ओएनएस) : पार्टीभित्रको विवादकाबीच एकीकृत माओवादीको तर्फबाट सभासद बनेका ल्यारक्याल लामाले आज पद तथा गोपनियताको सपथ लिदैछन् । उनको सपथसँगै पार्टीभित्रको विवाद भने उत्कर्षमा पुगेको छ ।

मध्यान्ह् सिंहदरवारमा उनले सभासद भएको पद तथा गोपनियताको सपथ लिनेछन् । एक कार्यक्रमकाबीच लामालाई संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सपथ गराउने तयारी भएको संसद सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले शम्भु पासवान हजारीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एकीकृत माओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई १ हप्ताअघि निर्वाचन आयोगले मनोनित गरेको थियो । विवादास्पद छवीका लामालाई सभासद बनाएकोभन्दै एकीकृत माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्दै आएका छन् ।

लामा कांग्रेस, एमाले हुँदै एमाओवादीमा प्रवश गरेका हुन् । कांग्रेसबाठट गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, एमालेबाट राज्यमन्त्री र एमाओवादीबाट उनी सभासद बन्न सफल भएका छन् ।


  •  
  •  
  •