विश्व शान्तिका लागि बनाइयो ५.४२ लाख किलोको क्रिसमस ट्रि

286
  •  
  •  
  •  

largest christmas tree wadeकाठमाडौ, १५ मंसिर(एजेन्सी) : रियो दि जेनेरियोमा आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिसमस ट्रि समुन्द्रमा राखिएको छ । यसका क्रममा पड्का पड्काउने र रमाइलो समेत गरिएको थियो ।

विश्व शान्तिका लागि बनाइएको उक्त ट्रि २ सय ७९ फिट अग्लो र ५.४२ लाख किलोको रहेको छ । यसमा ३१ लाख एलईडी लाइट प्रयोग गरिएको छ । यसले २ हजार १ सय ५० रंगको मिश्रणमा प्रकाश दिन्छ । एलईडी जोड्नका लागि १.२० लाख मिटर तारको प्रयोग गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसलाई निर्माण गर्नका लागि ९८ फिट लम्बाई र ९८ फिटनै चौडाई भएको ठाऊँ प्रयोग गरिएको थियो । यस ट्रीलाई गिनीज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश गरिएको छ ।


  •  
  •  
  •