नेपालमा भाषाको बहस पनि सुरु

145
  •  
  •  
  •  

काठमाडौ ९ फागुन (ओएनएस) :  संघियताको बहस सुरु भएको बेला नेपालमा भाषाका बहस पनि सुरु भएको छ । आज अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइदैछ । हरेक फ्रेब्रुअरी २१ तारिकमा मातृभाषा सम्वन्धि विभिन्न कार्यक्रमक गरेर दिवस मनाउने गरिन्छ ।

विश्वका विभिन्न भाषा तथा सास्कृतीका विविधतासँगै बहुभालाई बढवा दिन दिवस मनाउन थालिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा आज राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ ।

बिसं २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय २३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ । अधिकांसरुपमा नेपालमा भारोपेली तथा चीनीया(तिब्बती भाषा परिवारका भाषा बोल्ने गरिन्छ ।

तर नेपालको सरकारी कामकाजको भाषालाई नेपाली हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ४४ दशमलव ६५ रहेको छ ।


  •  
  •  
  •