नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न सरकारको निर्देशन

480
  •  
  •  
  •  

काठमाडौं । सरकारले नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अंग्रेजीमा नेपाल प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ ।
‘स्टेट’को सट्टा ‘प्रोभिन्’,‘भिलेज बडी’को सट्टा ‘रुरल म्युनिसिपालिटी प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।


  •  
  •  
  •