न्यूयोर्क हेडक्वाटरमा गुन्जियो नेपाली भाषा

64
  •  
  •  
  •  

न्यूयोर्क(ओएनएस) : अमेरिकाको न्यूयोर्कस्थित यूएन हेडक्वाटरमा गत मंगलबार नेपाली भाषा गुन्जियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामै आफ्नो मन्तव्य राखेकी हुन् ।

संयुक्त राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशनको ‘वुमन इन पावर’ उच्चस्तरीय सम्मेलनमा भाग लिन यूनए हेडक्वाटर पुगेकी राष्ट्रपति भण्डारीले नेपाली भाषामा मन्तव्य राखिन् ।

उनले मन्तव्य राख्दै भनिन्, ‘महिलाहरु भेदभावपूर्ण व्यवहारमा बाँच्नु परेको अवस्था छ । त्यसमा काम गर्दै जाने क्रममा परिवर्तित अवस्थामा मैले नेपालको राजनीतिकको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने मौका पाए पाँए ।

लैंगिक विभेदलाई सामाजिक विभेदको रुपमा लिएको छु । त्यसैले समानताको आधारमा नै अगाडि बढ्नुपर्छ ।’ भण्डारीले सामाजिक दृष्ट्रिकोणले महिलालाई हेयको दृष्ट्रिकोणले हेरिने गरेको बताएकी थिइन् ।

अन्य देशहरुमा हुने उच्च स्तरीय बैठकमा भाग लिन जाँदा नेपालका प्रतिनिधिहरुले जानेर वा नजानेर अंग्रेजी भाषा प्रयोग गर्दै आएको वास्तविकता हाम्रो सामु छ ।

सिंगो मुलुकको प्रतिनिधित्व गर्दै पुगेका प्रमुखहरु के बोल्दै छन्, के खाँदैछन्, क–कससँग भेट गर्दैछन् भन्ने चर्चा नसुनेको होइन् ।

तर २२ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै अमेरिका पुगेकी राष्ट्रपति भण्डारीले नेपालीमै मन्तव्य राखिन् ।
यसले पनि राष्ट्रपति भण्डारीको आफ्नो भाषाप्रतिको मोहलाई झल्काउँछ ।

यहि माघ २६ गते अमेरिका आएकी राष्ट्रपति भण्डारी अहिले न्यूयोर्कमा रहेकी छन् । उनी उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेकी छन् ।

(तस्बिर : अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको फेसबुकबाट)


  •  
  •  
  •