दशैँमा सिसडोल ल्याण्डफिल बन्द : घरबाट फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह

463
  •  
  •  
  •  

काठमाडौं, २९ असाेज :  दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौँ नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे।

कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए।

स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए। कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ।


  •  
  •  
  •