पहिरोले घर पुर्दा तीन जनाको मृत्यु

89
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनए) : पहिरोले घर पुर्दा गएराति रोल्पामा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले पश्चिम रोल्पाको जुगाँर– ५ खानिखोला निवासी जीतबहादुर पुनको घर पुर्दा उनीसँगै उनकी ४० वर्षीया श्रीमती कृष्णकला पुन र पाँच वर्षीया छोरी विपना पुनको ज्यान गएको हो ।

अर्काे कोठामा सुतिरहेका कान्छा छोरा भने सकुशल रहेको एमाले रोल्पाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । पहिरोका कारण पुनको घरमा रहेका सात वटा बाख्रासमेत मरेका छन् ।

घटनापछि स्थानीयवासी र जुगाँर प्रहरी चौकीबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगी उद्धार गरिरहेको प्रहरी चौकी जुगाँरका इन्चार्ज दिलीप थापाले बताए । योसँगै यस वर्ष रोल्पामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।


  •  
  •  
  •