पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

88
  •  
  •  
  •  

दैलेख, ३१ साउन(ओएनएस) :  पहिरोले घर पुरिएर जिल्लाको नारायण नगरपालिकास्तथि नमुना वस्तीका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति पहिरोले घर पुरिदाँ  २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको घटनास्थलमै मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन् । प्रहरी टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको जनाइएको छ ।


  •  
  •  
  •