सिंगो मानव बस्ती पहिरोमा पुरियो, २५ सय भन्दा बढीको मृत्यु भएको अनुमान

310
  •  
  •  
  •  

काठमाडौं २१ वैशाख (एजेन्सी) :  अफगानिस्तानमा गएको पहिरोमा परी २ हजार ५ सयभन्दा बढीको मृत्यु अनुमान गरिएको छ ।
पहिरोमा पुरिएकाको जिवित उद्धार गर्ने सम्भावना नरहेपछि २५ सय भन्दा बढीको मृत्यु भएको अफिगानि सन्चार माध्यमले जनाएका छन् । 
अफगानिस्तानको उत्तर–पूर्वी बदख्सान इलाकामा सिंगो पहाड खस्दा मानव  बस्ती नै पुरिएको छ । हजारौ गएको पहिरोमा परी अरु करीब दुई हजार व्यक्ति वेपत्ता भएका छन् ।
मूसलधारे पानी परेकै समयमा पहाडको एक भाग वस्तीमा झर्दा सयौं घर जमीनमुनी दबिएको र यो दुर्घटना भएको बदख्शाँ प्रान्तका गभर्नरले जनाएका छन् ।
शनिबार सो पहिरोमा परी मारिएका ३०० को शव प्राप्त गरिएको अधिकारीहरुले जनाएका छन् । उद्वारको काम आइतबार बिहानैबाट सुरु भएको छ ।  बदख्सानका गभर्नर साह वालिउल्लाह अबिबले भने  दुई हजार ५०० व्यक्ति हराइरहेको भनिएको भएपनि त्यति धेरैको हताहति नभएको दावी गरेका छन् ।   
3c4cf7ce590dc2fea19f4e25f37975df

6efc8514dfbbb20819b7054dafc98c31


  •  
  •  
  •