असी घरपरिवार पहिरोको उच्च जोखिममा

71
  •  
  •  
  •  

पाल्पा, १८ भदौ : पाल्पाको वीरकोट र गेझा गाविसका झन्डै ८० घरपरिवार पहिरोको उच्च जोखिममा छन् । वीरकोट–८ मचाबारी गाउ“को सिङ्गो ३२ घरपरिवार जोखिममा छन् । गत वर्ष यही बस्तीबाट सात घरपरिवारका ६४ जना विस्थापित भएका थिए । जिल्लाको गेझा–६ बरभञ्ज्याङदेखि हुग्दीखोलासम्म ५० घर दलितबस्ती पहिरोको जोखिममा परेको हो । गत वर्षदेखि यस बस्तीमा अग्लोडा“डाबाट पहिरो खस्न सुरु भएपछि अहिले पनि पानी पर्नासाथ जोखिममा रहेको महसुस गर्छन् ।

पहिरोले रामप्रसाद सुनार र वीरबहादुर सुनारको घर चिरा परेपछि विस्थापित भइसकेका छन् । बा“की घरपरिवार पनि विस्थापित हुनुपर्ने अवस्था आएको छ । स्थानीय दामोदर तिमिल्सेनाका अनुसार झन्डै तीन हजार मिटर माथिबाट खसेको पहिरोले पूरै गाउ“लाई विपत्ति आइपरेको छ । वर्षांैदेखि बसेको स्थानमा यसरी पहिरो खस्ला भन्ने कसैले पनि सोचेकै थिएन । सिङ्गो बस्तीलाई नै विपत्ति आइपरेको तिमिल्सेनाले बताए । यस बस्ती जिल्ला सदरमुकामदेखि झन्डै ३५ किलोमिटर पूर्वमा पर्छ ।

यस्तै पाल्पा जिल्लाको वीरकोट–८ मचाबारी गाउ“को पूरै बस्ती पहिरोको जोखिममा परेको छ । असारको पहिलो साता परेको अविरल वर्षाले यस बस्तीमाथि डा“डाबाट पहिरो खसेपछि जोखिममा परेका हुन् । पहिरोले सात घरपरिवारका ६४ जना विस्थापित भइसकेका छन् । बा“की ३२ घरपरिवार पनि विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीय तेजेन्द्र सिञ्जालीले बताउनुभयो । माथिबाट खसेको पहिरोले पूरै गाउ“लाई विपत्ति आइपर्ने अवस्था छ । वर्षौंदेखि यहाँ बसोबास गर्दै आएका स्थानीय त्रसित हुँदै आएका छन् । उनका अनुसार अहिले खसेको पहिरोले विस्थापित भएका आफन्तको शरणमा परेका छन् । बा“की पनि आकासमा बादल मडारियो भने त्रसित भएर बसेका छन् । गाउँमा टेकबहादुर सिञ्जालीको संयोजकत्वमा दैवीप्रकोप उद्धार समिति गठन गरिएको छ ।


  •  
  •  
  •