पहिरोका कारण रातभर जाग्राम

202
  •  
  •  
  •  

म्याग्दी, २१ साउन (ओएनएस)  :  गाउँको सिरानमा रहेको भीरबाट तीन दिनदेखि लगातार खसेको पहिरोका कारण म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा त्रसित बनी रातभर जाग्राम बसेर रात कटाइरहेका छन् ।

म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतबाट खसेको पहिरो मङ्गलबार रातिदेखि झन् बढ्न थालेपछि बगरफाँटका बासिन्दा त्रसित बनेका छन् । पहिरोले गाउँदेखि माथि रहेको बगफाँट सामुदायिक वन पुरेर खाउँतर्फ सोझिन सक्ने लक्षण देखाएपछि गाउँले थप चिन्तित बनेका छन् ।

गाउँको सिरानमा भीर र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ अहिले तोराखेतको पहिरोका कारण खतरामा परेको छ । केही दिनदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन चर्केको र त्यहीँबाट पहिरो खस्न थालेको तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले जानकारी दिए । ंमङ्गलबार दिरभर र रातभर खसेको पहिरो बुधबार बिहान ५ बजेसम्म पनि रोकिएको छैन । लेदो माटोसहित बगेको पहिरोले बगरफाँट सामुदायिक वनमा क्षति पु¥याउनुका साथै बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाको पाइपसमेत बगाउने सम्भावना बढेको गाउँलेहरूले बताएका छन् ।


  •  
  •  
  •