सिन्धुपाल्चोकमा पहिरोले पुरिएर दुईको मृत्यु

192
  •  
  •  
  •  

सिन्धुपाल्चोक , २३ साउन :  सिन्धुपाल्चोकको बाँसखर्क गाविस वडा नम्बर ३ मा पहिरो जाँदा २ जनाको ज्यान गएको छ ।

sindhupalchok_20140808080604

बिहीबार राती घरमाथि खसेको पहिरोले पुरिएर बाँसखर्क ३ का ३६ वर्षिय बाङगेल थिङ र ४० वर्षिया मोटी थिङको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

ज्यान गुमाएकाहरु श्रीमान श्रीमती भएको हुनसक्ने अनुमान गरिएको छ । पहिरो गएको खबर ढिला आएकाले विहानमात्र प्रहरी घटनास्थलतर्फ गएको छ । पहिरो गएको ठाउँ मेलम्चीबाट १८ किलोमिटर दूरीमा पर्छ ।

यसअघि सिन्धुपाल्चोकको जुरे मांखामा पहिरो गएर सुनकोशी नदी थुनिनाँ १ सय ५६ जनाको ज्यान गएको थियो । पहिरोले थुनिएको सुनकोशीको पानी खोल्ने काम अहिले पनि भइरहेको छ । थुनिएको पानी पूरै खोल्न अझै केही दिन लाग्ने छ ।


  •  
  •  
  •