लमजुङ समाज यूकेको अध्यक्षमा विश्वजंग गुरुङ निर्विरोध

222
  •  
  •  
  •  

बेलायत : लमजुङ समाज यूकेको अध्यक्षमा विश्वजंग गुरुङ निर्विरोध चयन भएका छन् ।

टोम्लिन्स्कोट स्कुल, फ्रिम्लेमामा आयोजित सामाजको १२ औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षहरुमा दलबाह्दुर गुरुङ, चन्द्र गुरुङ, पूर्णचन्द्र (युनील) गुरुङ, सुरेन्द्र घले, पूर्णराज गुरुङ, चयन भएका छन् ।

यसैगरी सचिवमा परशु गुरुङ, सह–सचिबमा प्रेम गुरुङ, कोषाध्यक्षमा हेमराज गुरुङ, सह–कोषाध्यक्षमा देउबहादुर गुरुङ, खेलकुद सचिवमा प्रेमराज गुरुङ, साँस्कृतिक तथा मनोरञ्जन सचिबमा साधुराम गुरुङ र वेब मास्टरमा उमर जंग गुरुङ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा लक्ष्मी गुरुङ, शान्तादेवी गुरुङ, माला घले, मोनिका गुरुङ, जितबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, ईन्द्रजित गुरुङ, जङबहादुर गुरुङ, कर्ण दुरा, ईन्द्र दुरा, सन्तोष गुरुङ, शिवराज गुरुङ र युवा संयोजक तथा कार्यसमिति सदस्यमा अनुप गुरुङ चयन भएका छन् ।


  •  
  •  
  •