लमजुङ र मनाङ जोड्ने म्यार्दीखोलाको पुल बाढीले बगायो

353
  •  
  •  
  •  

लमजुङ । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोला माथिको बेलिब्रिज बाढीले बगाएको छ ।

तस्बिर : सामाजिक सञ्जालबाट

आइतबार दिउँसो एक्कासी आएको बाढीले पुल बगाएको स्थानीयले बताएका छन् ।  सो पुल गत वर्षमात्रै निर्माण गरिएको थियो ।

पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । पुल बगाएसँगै सवारी साधनहरू रोकिएका छन् ।  यता जिल्ला प्रशासन कार्यालय लमजुङले मस्र्याङ्दी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मस्र्याङ्दीतीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


  •  
  •  
  •