बाढी प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर

468
  •  
  •  
  •  

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकास्थित ढोडेनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दोर्दी गाउँपालिका, लमजुङ जिल्ला सामुदायिक अस्पताल, लमजुङ सेवा समिति हङकङ र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमा एक सय बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा जिल्ला सामुदायिक अस्पतालका डा.विष्णु अर्याल, डा.मनिसा गुरुङ, गणेश गुरुङ लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङ, उपप्रमुख दिल घले, गाउँ कार्यपालिकाका उषा गुरुङ, लालमाया उप्परकोट, हिमाला घिमिरे लगायतको समेत उपस्थित गरेको थियो ।

शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक खेम गुरुङले जानकारी दिए ।


  •  
  •  
  •