सञ्चारमाध्यम र पत्रकारलाई सेनीटाइजर वितरण

62
  •  
  •  
  •  

लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङले जिल्लाका सञ्चारसंस्था र क्रियाशिल पत्रकारहरुलाई सेनीटाइजर वितरण गरेको छ ।


कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य तथा सरसफाईका लागि सेनीटाइजर वितरण गरेको हो ।
शाखाले मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा जिल्लामा सञ्चालित रेडियो, टेलिभिजन पत्रिका र राष्ट्रिय संचार संस्थामा आवद्ध पत्रकारलाई सेनीटाइजर वितरण गरेको हो ।

नियमित समाचार संकलन गर्दा पर्नेसक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न पत्रकार महासंघ जिल्ला शाखाको पहलमा सेनीटाइजर वितरण गरिएको शाखा अध्यक्ष आश गुरुङले बताए ।


  •  
  •  
  •