लमजुङकाे एक वर्कसपमा आगलागी

298
  •  
  •  
  •  

काठमाडौं । लमजुङ सुन्दरबजार नगरपालिका ९ सिउँडिबारमा रहेको एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । सोमबार बिहान अन्दाजी पौने ५ बजेको समयमा अधिकारी मोटरसाइकल वर्कसपमा आगलागी भएको हो ।

आगलागीबाट ७ वटा पुरानो कवाडी मोटरसाइकल, सर्भिसिङका लागि राखिएको एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

आगलागी भएको वर्कसप नजिकै रहेको सिसिटिभि फुटेज हेर्दा विद्युतको पोलमा तार सर्ट भएर आगलागी भएको देखिएको छ । बिहान आगलागी भएको सूचना पाए लगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको हो ।


  •  
  •  
  •