लमजुङ । लमजुङमा एक महिलाको विभत्स हत्या भएको छ। सुन्दरबजार नगरपालिका– ४ चारघरे दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेलको बुधबार घरमै हत्या भएको हो ।
पति ध्रुव भुजेल बिहान काम गर्न घरबाट निस्किएपछि धनमाया घरमा एक्लै थिइन्। बिहान छिमेकीले आँगनमा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार धनमायाको शव गोवरग्याँसको ट्याङ्किमा फेला पारेको थियो । महिलाको घाँटीमा पछ्यौरा कसिएको र एउटा आँखा फुटेको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानका लागि पोखराबाट कुकुरसहितको प्रहरीको टोली बुधबार नै घट्नास्थलमा पुगेको छ।
ध्रुवको धनमायाँसँग दोस्रो विवाह हो। उनी वैदेशिक रोजगारीमा रहेका बेला जेठी पत्नीले दोस्रो विहे गरेपछि ध्रुबले धनमायासँग चार वर्षअघि विवाह गरेका थिए। उनका जेठी पत्नीतर्फ तीन छोराछोरी छन्। घनमाया तर्फ भने सन्तान छैनन् । शबलाई पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।