पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको लमजुङ

303
  •  
  •  
  •  

भौगोलिक रूपमा मध्य पहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएर रहेको लमजुङ जिल्ला पर्यटकीय क्षेत्रका प्रचुर सम्भावना रहेको छ ।  जो धेरैजसो ओझेलमा नै रहेका छन् । चाँदीझैँ टल्कने हिमशिखरले नौरंगी डाँफेको शिउरसँगै मुसुक्क मस्कुराइदिँदा, पटुकीले बाँधेका हिमालहरुले मसक्क कम्मर मर्कराइदिएको झल्को देख्न पाइन्छ ।

गढी क्षेत्र र गाउँको छेउबाट हिमालहरुको दर्शन गर्न पाइन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्धसम्म ढेड दर्जनभन्दा बढि हिउँचुलीहरू देखिन्छ र देख्न पाइन्छ ।

लमजुङमा पनि अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुँदाहुँदै पनि पर्यटकले चिन्न र अवलोकन गर्न भने पाएका छैनन् ।

कोरोना भाइरसको कारण देशमा लामो समय लकडाउन रह्यो । लकडाउनकै बिचमा म साइकलयात्री लमजुङका पर्यटकीय क्षेत्रको खोजी गरिरहेको छु । साईकलमा धेरै अनुभव बटुल्दै साइकलमै ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको खोजी गरि रहेको छु ।

लमजुङको पुरानोकोट (१९५० मि.) ऐतिहासिक थलो । चौविसे राज्यको एउटा राज्य थियो लमजुङ । इतिहास अनुसार कालू शाह लमजुङका राजा भएका थिए । लमजुङले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङ कोटमा राजा बनाएका थिए । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो । आजसम्म पनि पुरानोकोटमा भग्नावशेष देख्न सकिन्छ ।

कालुको हत्यापछि उनकै कान्छा भाई यशोब्रम्हालाई कास्कीबाट ल्याएर पुरानोकोट गद्दिमा बसाईँयो । उनले गाउँशहर र बेसिशहरमा दरबार बनाए । पुरानोकोट गढी तल पुरानोकोट गाउँ छ । यस छेत्रमा २०६८ सालदेखि गाउँमा होमस्टे सञ्चालनमा आएको रहेछ ।

सुन्दरबजारबाट बसमा साढे १ घण्टामा गढि पुगिन्छ । जहाँ जलदेवी मन्दिर, राजारानीको दरबारका भग्नाबशेष र सेना परेड खेल्ने मैदान छ ।

गढि क्षेत्र र गाउँको छेउबाट हिमालहरुको दर्शन गर्न पाइन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्धसम्म ढेड दर्जनभन्दा बढि हिमचुलीहरू देखिन्छ, देख्न पाइन्छ ।
पाहुनालाई मान र स्वागत अति राम्रो । जुनसुकै गाउँको गाउँलेहरू हार्दिक छन् ।
तर लमजुङमा पर्यटकीय महत्व बोकेका धेरै क्षेत्रहरु भएपनि त्यसको संरक्षण नभएको पाइयो । स्थानीय सरकारले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र सफाईमा ध्यान नदिएको हाम्रो यात्रामा अनुभव भयो ।

हामी पुरानोकोट गढीमा पुग्यौं । त्यहाँ राजरानीको दरबारमा पनि रहेछ । पुरै झाडि उम्रिएको पायौँ । त्यहाँ कुनै सरसफाई थिएन । त्यहाँ भ्युटावर बनाइएको रहेछ । त्यसैले लमजुङमा रहेका ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीय सरकार र त्यहाँका स्थानीयबासीले ध्यान दिनुपर्ने देखिन्छ ।


(साइकलिङमार्फत पर्यटकीय क्षेत्रहरुको खोजी गर्ने योजनासहित बस्नेत हाल लमजुङ पुगेका छन् । )


  •  
  •  
  •