लमजुङमा साढे ११ लाखसहित १४ जुवाडे पक्राउ

536
  •  
  •  
  •  

लमजुङ । लमजुङमा नगद ११ लाख ४७ हजार आठ सय ४२ रुपैयाँसहित १४ जुवाडे पक्राउ परेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका– १ जिता सरेदीस्थित सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जुवातास खेल्ने–खेलाउने गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । डिएसपी गंगाबहादुर थापाको कमान्डमा गएको प्रहरी टोलीले नगद ११ लाख ४७ हजार आठ सय ४२ रुपैयाँ पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका– ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुनपा– ७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुनपा– ४ बस्ने ३९ वर्षीय देव दोङ, सुनपा– ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै मध्यनेपाल नगरपालिका– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनी– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्कीस्थित रूपा गाउँपालिका– ७ का रामबाबु भट्टराई, गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङ र तनहुँ व्यास– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी रहेका छन् ।


  •  
  •  
  •