लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङ (फोटोफिचर)

119
  •  
  •  
  •  

काठमाडौं । लमजुङको पर्यटकीय स्थल मस्याङ्दी गाउँपालिकास्थित हर्सिङडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ ।

सोमबार पोखरा स्थित ओपन स्काइ प्याराग्लाइडिङ प्रा.लिका टेन्डम उडान पायलट नुरेन राणा र एकल उडान पायलट सुमन मगरले सफल उडान गरेका गाउँपालिकाका उपाध्यक्ष होमबहादुर वि.कले बताए ।

परीक्षण उडान पछि अब हार्सिङडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । लमजुङका पर्यटकीय ठाउँमध्ये हार्सिङडाँडालाई पनि एक मानिन्छ ।

लमजुङको सदरमुकाम बेसीशहरदेखि खुदि हुँदै करिब १८ किलोमिटरको दुरिमा रहेकोे झण्डै २३०० मिटर उचाईमा रहेको यो डाँडा रमणीय हिमशृङ्खलाहरुको दृष्य अवलोकन गर्न, पिक्निक स्पोर्टको रुपमा र प्याराग्लाईडिङको राम्रो सम्भावना रहेको छ ।

सरदार भक्ती थापाको बाल्यावस्थामा गाई चराउने गरेको किम्बदन्ति समेत रहेको यो रमणिय डाँडामा अहिले सडक पुगेपछि आन्तरिक पर्यटकहरु बढ्न थालेको छ ।


  •  
  •  
  •